बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमा अलआउट
२५ मंसिर, काठमाडौं । कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ ।
टी-यू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हो ।
पोखराका दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । साथै आन्द्रेस गौसले २५, रायमोन रेइफरले २० रनको योगदान दिए ।
बलिङमा बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए ।
प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १४:४९