दुई वटा संसदीय समितिको बैठक बस्दै
२४ मंसिर, काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। उक्त बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ। उक्त बैठकमा भने विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल हुने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार ०९:४४