कांग्रेस कार्यसमिति बैठक जारी
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । उक्त बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको हो ।
बैठकले रिक्त रहेको गण्डकी प्रदेश सभा सदस्यको सिफारिसबारे निर्णय लिने छ । साथै स्थानीय तह उपनिर्वाचन समीक्षा, समसामयिक राजनीतिक विषयलगायतमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार ०९:३४