३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले पर्याप्त ध्यान पुर्याउन सकेन: झलनाथ खनाल

२२ मंसिर, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बीआरआइका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको बताउनुभएको छ ।

चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिवार त्रिभुवन अन्टराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेता खनालले यस्तो बताउनुभएको हो ।

उहाँले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले पर्याप्त ध्यान पुर्याउन नसकेको बताउनुभयो ।

अन्ततः नेता खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार १३:२८