२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमाले सचिवालय बैठक मंगलबार बस्दै

२२ मङ्सिर, काठमाडौँ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ ।

पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।

प्रकाशित मिति : 09:37