कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२१ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । उक्त बैठक मंसिर २४ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाइएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरि सकिएको छ । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ ।
सोही बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने पनि मुख्यसचिव पौडेल जानकारी दिए ।
प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार १४:३७