१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

१८ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा नेशनल लघुवित्त र ङादी ग्रुप पावरको सेयर मूल्य समायोजन भएको हो । नेसनल लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हाे । योसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३५५ रुपैयाँ ८० पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर अब मंगलबार यसको कारोबार खुला हुनेछ ।

यस्तै, नेप्सेमा ङादी ग्रुपको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । योसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८९ रुपैयाँ कायम भएको छ । यस मम्पनिकाे सेयर मंगलबार सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार १६:२०