६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

सुनको मूल्य एकैदिन तोलामा १२ सयले घट्यो, आज कतिमा हुँदैछ किनबेच?

१७ मंसिर, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

आइतबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँले घटेर प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : December 2, 2024 at 10:57 am