९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

रौतहटको राजपुर–६ मा कांग्रेसका समसे आलम विजयी

१७ मंसिर, राैतहट । रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले चार सय ६३ मत प्राप्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७, स्वतन्त्र उम्मेदवारहरु शेख मुस्ताक अहमदले दुई, नजमा खातुनले एक र शेख अतिउल्लाहले एक मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : December 2, 2024 at 1:09 am