४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

महोत्तरीको रामगोपालपुर २ मा एमाले विजयी, घण्टीले पनि पायो ४ मत

१६ मंसिर, काठमाडौँ । मधेश प्रदेशको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ मा नेकपा एमाले विजयी भएको छ । एमालेका सविकुल खाँ ६३१ मतसहित विजयी हुनुभएको छ ।

त्यस्तै माओवादी केन्द्रको आइतीकुमारी यादवले ५३४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसको मोहम्मद जनिफ खाँले २८४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै जनता समाजवादी पार्टीको मोहम्मद नजामुद्दिन खानले ३८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका राजेशकुमार यादवले ५ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खुरदैस खाँले ४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको मोहम्मद मनान खाँले २ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार अशोकुमार यादवले १ र धिरेन्द्रप्रसाद यादवले १ मत प्राप्त गर्नुभएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवारहरू गंगाप्रसाद यादव, नजामुद्दिन खाँ, मुकेश्वर ठाकुर, मोहम्मद अरमान रजा खाँ, मोहम्मद इमामुदीन खाँ, राकेशकुमार यादव, राजदेव यदाव, रामऔतार यादव र विजयकुमर सिंहले १ मत पनि प्राप्त गर्न सक्नुभएन ।

यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा उक्त वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार मुकेशकुमार यादव ४३३ मतसहित विजयी हुनुभएको थियो ।

कांग्रेसका मोहमम्द जानिफ खाँले ३७३, जनता समाजवादी पार्टीका सविबुल खाँले ३४२ मत, एमालेका कादिर हुसैनले २८७ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मोहम्मत अहमद रेजा खाँले २२ मत र जनमत पार्टीका अशोककुमार यादवले १७ मत प्राप्त गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार २२:५५