१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

पुलको पर्खाल भत्किदाँ रोल्पामा ५ जनाको ज्यान गयो

१६ मंसिर, काठमाडौँ । पुलको पर्खाल भत्किदाँ रोल्पामा ५ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो ।

जिल्लाको सुनछहारी गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किदाँ ५ जनाको मृत्यु भएको  जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिनुभयो ।

उहाँले आइतबार बिहान करिब ९:५० बजे पर्खाल भत्किँएको बताउनुभयो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सुनछहरी ३ बाहिरी गामका  २७ वर्षीया आइती परियार, ६६ वर्षीयदेवीराम परियार, ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार र ४० वर्षीया सुवित्रापरियारको मृत्यु भएको छ । प्रहरीले २ जनाले भागेर ज्यान जोगाउन सफल भएको जनाएको छ ।

प्रकाशित मिति : December 1, 2024 at 1:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/