विधुत प्राधिकरणले पैसा नतिरेका उद्योगको पनि लाइन नकाट्ने, यस्तो छ बोर्डको निर्णय
१२ मंसिर, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ ।
विद्युत नियमन आयोगको चिठ्ठी अनुसार वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तर तत्काल उद्योगमा बिजुली नकाटिने निर्णय भएको हो । अर्को वैकल्पिक बाटो के हो कसरी उठाउने भन्ने बारे भने खुलिसकेको छैन।
यसअघि कार्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले टिओडी मिटरका आधारमा १५ दिनभित्र विद्युतको बक्यौता उठाउने निर्णय गरेको थियो ।
१५ दिनको अवधि बुधबार सकिँदैछ। तर नियमन आयोगले मंगलबार लाइन नकाट्न निर्देशन दिएसँगै समितिले पनि लाइन नकाट्ने निर्णय गरेको हो।
प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १४:४४