३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

दुई दिनमा साढे १८ हजार घटेको सुनको मूल्य बुधबार बढ्यो

१२ मंसिर, काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

सोमबार र मंगलबार गरी प्रतितोला १८ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : November 27, 2024 at 11:09 am