१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

३९.७० अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार

१२ मंसिर, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.७० अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७५६.३६ बिन्दुमा बन्द  भएको छ ।

बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा यस दिन ९ अर्ब ३१ करोडको कारोबार भएको हो ।

आज ३१६ वटा धितोपत्रको एक करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर किनबेच भएको हो।

आज १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० वटा कम्पनीको  घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।

आज जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ८७७ रूपैयाँ ३० पैसामा ३४ करोड एक लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यस दिन आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, विशाल बजार, कर्णाली डेभलपमेन्ट, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र ग्रीन डेभलपमेन्टको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, मिथिला लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । उक्त कम्पनीको सेयर मूल्य प्रति कित्ता एक हजार ७६४ रूपैयाँ कायम भएको छ।

दोस्रोमा जानकी फाइनान्सको मूल्य ९.५८ प्रतिशतले घटेको छ । उक्त कम्पनीको सेयर मूल्य प्रति कित्ता मूल्य ८७७ रूपैयाँ ३० पैसामा झरेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६१ रूपैयाँमा ३३ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक ०.४७ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : November 27, 2024 at 4:01 pm