१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

१५.८३ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.८३ अंकले बढेको छ । नेप्से बढेर २६८३.२४ विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १६९ कम्पनीको सेयर बढेको छ भने ६७ कम्पनीको घटेको छ । यस्तै ९ को स्थिर रहेको छ ।

बेस्ट फाइनान्स र सुपर म्यादी हाइड्रोको शेयर सर्वाधिक ९.९१ प्रतिशतले बढेको छ ।

यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८५, स्वभािमान लघुवित्तको ९.७८ र सप्तकोशी डेभलपमेन्ट बैंकको ९.६७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

सोमबार सेन्सेटिभ इन्डेक्स १.८६, फ्लट इन्डेक्स ०.९४ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५९ अंकले बढेको छ ।

प्रोशधन तथा उत्पादन र म्युचुअल फण्डबाहेक सबै उपसमूहको शेयर मूल्य बढेको छ भने न्यादी ग्रुप पावरको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

सोबार भने नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । आज ६ खर्ब ३४ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १५:३४