१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

भ्रष्टाचार मुद्दामा यातायातका उपसचिवसहित तीनजना पक्राउ

६ चैत, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेललाई आज पक्रउ गरेको छ ।

विदेशबाट जारी भएका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गरेको सम्बन्धित राजदूतावास, कन्सुलर सेवा विभाग, भिषा, सवारी चालक अनुमतिपत्रसमेत कीर्ते सिर्जना गरी ८५५ जनाको विदेशी सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गरेको अभियोगमा अख्तियारले उनिहरुलाई पक्राउ गरेको हो ।

आयोगले उनीहरूविरद्ध रु पाँच लाख चार हजार ८५० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (ङ) बमोजिम जरिवाना र कैद सजाय हुन तथा दफा ९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आरोपपत्र दायर गरेको जनाएको छ ।

आयोगले अनुसन्धानका क्रममा पक्राउ परेका लेखापढी व्यवसायी राजु सेढाईले सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा आवश्यक कागजात मिलाइदिने शर्तमा नासु पौडेलसँग मिलेमतो गरी सेवाग्राहीसँग रु ८० हजार घुस रकम लिई घुस लेनदेन कार्यमा मतियारको भूमिका निभाएकाले उनीविरुद्ध रु ८० हजार बिगो कायम गरी र सोहीअनुसार कैद जरिवाना मागदाबी लिई आरोपपत्र दायर गरिएको छ । रासस

प्रकाशित मिति : March 20, 2018 at 7:01 pm