१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप पाँच दिन प्रहरी हिरासतमै रहने

९ मंसिर, काठडमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन । प्रसाईं माथि नेपाल प्रहरीले साइबर अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आइतबार अदालतले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब ५० करोड लगानी गरेको भन्दै भिडियो सामाग्री बनाएर फेसबुक पेजामा राखेका प्रसाईं घरबाटै पक्राउ परेका थिए । उनी यसअघि पनि यस्तै मुद्दामा पक्राउ पर्दै छुट्दै आएका छन ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार १८:२१