९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

९ मंसिर, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिनुभएकाे हो ।

प्रहरीले लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेकाे छ ।  अदालतले यसअघि, कात्तिक २५ मा लामिछानेलाई १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

काठमाडौँबाट कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न प्रहरीले पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय पाएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार १५:११