४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

एमालेलाई समाप्त गर्न अनेक प्रकारका षड्यन्त्र गरिएको छ: महासचिव पोखरेल

७ मंसिर, काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एकीकृत महाकाली सन्धि राष्ट्रवादी भएको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार एमालेले गरेको जागरण सभामा बोल्दै उहाँले २०५३ असोज ४ गते नेपाल र भारतबीच भएको महाकाली सन्धि राष्ट्रघाती भएको भए उहिल्यै कार्यान्वयनमा गइसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो-‘नेकपा (एमाले)लाई समाप्त पार्नका लागि अनेक प्रकारका षड्यन्त्र गरिएको छ। कहिले महाकाली सन्धिका नाममा एमालेलाई विभाजन गर्ने दुष्प्रयत्न गरियो भने कहिले चौतर्फी आक्रमण र घेराबन्दी गरिँदै आएको छ। महाकाली सन्धि वास्तवमा नेपालको राष्ट्रहितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो ।’

नेपालको इतिहासका जलस्रोतको उपयोगको सन्दर्भमा त्यो सबैभन्दा राष्ट्रवादीका रूपमा एकीकृत महाकाली सन्धिका रूपमा अगाडि बढाउनका लागि प्रयत्न गर्दा एमालेलाई बदनाम गर्ने कोसिस मात्र होइन, विभाजनसमेत गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : November 22, 2024 at 2:59 pm