११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

लगातार दुई दिनको वृद्धिपछि सामान्य अंकले घट्यो नेप्से

२७ कात्तिक, काठमाडौं । लगातार दुई दिन बढेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्से घटेको छ । मंगलबार नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ।

मंगलबार कारेबार रकम पनि साेमबारकाे तुलनामा घटेकाे छ । साेमबार ११ अर्ब ३१ करोडको कारोबार भएकोमा मंगलबार ७ अर्ब ८५ करोडको भएकाे छ ।

८० कम्पनीको मूल्य बढ्दा १५७ को घटेकाे छ भने ७ को स्थिर रहेकाे छ । मंगलबार फाइनान्स समूहमा आकर्षण देखिएको छ । उक्त फाइनान्स सबैभन्दा धेरै अथवा १.१२ प्रतिशतले बढेकाे छ ।

त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे । अन्य समूह १. १८ प्रतिशतले घटेकाे छ ।

हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटल तथा पर्यटन ०.१५, माइक्रोफाइनान्स ०.६७ प्रतिशतले घट्याे ।

४ कम्पनी बेस्ट फाइनान्स, गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर र एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो भने सपोर्ट माइक्रोफाइनान्सको ७.२२, कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.१९, समृद्धि फाइनान्सको ९.६१, समाज लघुवित्तको ७.२५ र जानाकी फाइनान्सको मूल्य ५.७८ प्रतिशतले बढेकाे छ ।

त्यसैगरी, धेरै कारोबार हुने कम्पनीमा क्रमशः आँखुखोला जलविद्युत्, जानाकी फाइनान्स, बेस्ट फाइनान्स, गुडविल फाइनान्स र लक्ष्मी सनराइज बैंक रहे ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १५:५०