‘दराज ११.११’ योजनाका लागि सानिमा बैंकले गर्यो सहकार्य
२६ कार्तिक, काठमाडौँ । ‘दराज ११.११’ योजनामा सानिमा बैंकले विशेष छुट दिने दराजसँग सहकार्य गरेको छ । उक्त योजनाभरि दराजबाट सामान खरिद गर्दा ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरुले सानिमा बैंकको डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम् रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यधपी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३५ प्रति वर्षका दरले, २४ महिना सम्मका लागी मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना आजदेखि मंसिर ७ गतेसम्मका लागि लागू हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : November 11, 2024 at 2:00 pm









