२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

नेप्सेमा उच्च अंकको वृद्धि, ९ अर्ब ७७ करोडको कारोबार

२५ कार्तिक, काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि भएको छ । आइतबार ६२.५४ अंकले बढेर २७३८ बिन्दुमा पुगेको छ ।

आइतबार चार समूह र १३ वटै उपसमूहमा हरियाली लागेको छ । यसदिन तीन कम्पनीको शेयरमा सर्किट लागेको छ भने ६ कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबार कारोबार रकम पनि उल्लेख बढेको छ । कुल २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार सिर्जनशील लघुवित्त,  सुपर म्यादी हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमा सर्किट लागेको छ भने ९ प्रतिशतभन्दा बढीले शेयर बढ्ने कम्पनीमा समृद्धि फाइनान्स, इस्टर्न हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी विकास बैंक, पिपल्स पावर र मैलुङ खोला जलविद्युत आयोजना रहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १५:३७