२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

साइन रेसुङ्गा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

२५ कात्तिक, काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १२:०६