६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य

२२ कार्तिक, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन अर्थात् बिहबार प्रतितोला चार हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा ५५ रूपैयाँले घटेर यसदिन प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोछ ।

प्रकाशित मिति : November 7, 2024 at 11:43 am