९ पुष २०८१, मंगलवार | Wed Dec 25 2024

दुई मानिससहित पोखरीमा डुबेको कार खोज्दै सशस्त्र प्रहरीको गोताखोर टिम

२० कार्त्तिक, सर्लाही । सशस्त्र प्रहरीको गोताखोर टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका -२ मियाखोरस्थित पोखरीमा डुबेको कारको खोजी सुरू गरेको छ । दुई मानिससहित पोखरीमा बेपत्ता भएको कार खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको सशस्त्र प्रहरीको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

कार्तिक २० गते बिहान ईश्वरपुर नगरपालिका -२ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशाला तर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार पोखरीमा खसेको थियो । कारमा तीन जना सवार रहेको भए पनि महोत्तरीको गौशाला न।पा।२ बस्ने अन्दाजी बर्ष ३१ को जनक यादब सकुशल निस्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार ०८:४७