१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

२७ सय नाघेर झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

१४ कार्तिक, काठमाडौँ । बुधबार सेयर बजार १४.४३ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब १२ करोडको कारोबार भएकोमा यस दिन अथवा बुधबार ५ अर्ब ९५ करोडको भएको छ ।

बुधबार ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यसैगरी ५ वटाको स्थिर रहदा एक करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेच भएको छ

यस दिन सबैभन्दा धेरै सिएचडिसी हाइड्रोपावरको ३४ करोड र सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोडको सेयर किनबेच भएको छ।

बुधबार मिड सोलु हाइड्रोपावर, गुरास लघुवित्तको सेयर मूँल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै जानकी फाइन्नास र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानिकर्ताले सर्वाधिक गुमाएका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार १५:५६