८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

साफ माहिला च्याम्पियनसिपः नेपाली टोलीको हौसला बढाउन प्रधानमन्त्री ओली रंगशाला जाने

१४ कात्तिक, काठमाडौँ । साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनल आज हुँदैछ । सँझ दशरथ रंगशालामा उपाधिका लागि बंगलादेश र आयोजक नेपाल भिड्दैछन ।

फाइनल खेलमा नेपाली टोलीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाने प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो । उहाँले पुरस्कार बितरण गर्ने कार्यक्रम पनि तय भएको छ।

पेनाल्टी शुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको थियो । आइतबार राति भएको खेलमा पाँच पटकको विजेता भारतलाई सेमिफाइनलमा नेपालले पेनाल्टी शुटआउटमा ४(२ गोलले हराएर उपाधि भिडन्त तय गरेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार ०७:२४