४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

सुनको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार?

१३ कार्तिक, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँ पुगेको छ।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँले बढेर प्रतितोला दुई हजार एक सय पाँच रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : October 29, 2024 at 11:46 am