१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

समता लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

१२ कात्तिक, काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुल्ने भएको छ । उक्त आवेदन आज कार्यालयको समयपछि कात्तिक २० गतेसम्म दिन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने प्रावधान छ । सोबमोजिम यस कम्पनीको सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत नपुगेपछि एफपीओ जारी हुन लागेको हो ।

अनलाइन प्रणाली मेरोसेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । साथै कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार १०:००