११ कार्तिक २०८१, आईतवार | Sun Oct 27 2024

प्राइम कमर्सियल बैंकले घोषणा गर्‍यो लाभांश

११ कात्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउने कम्पनीले जनाएको छ ।

बिहीबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २९० रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशतले बढेको हो ।

यधपी बैंकको खुद ब्याज आम्दानी पनि १६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १२:०६