३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

ग्लोबल आइएमई बैंकले पायो वल्ड बेष्ट बैंक अवार्ड २०२४

११ कार्तिक, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको वल्ड बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । उक्त अवार्ड  शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक कार्यक्रममा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई हस्तान्तरण गरे ।

फाइनान्स म्यागेजिनले विश्वका उत्कृष्ट बैंकहरुमध्येबाट ग्लोबल आइएमई बैंकलाई बिभूषित गरेकोमा निकै खुसी लागेको छ । ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठूलो र ‘ग्लोबल’ पहिचान हो । यस अवार्डले बैंक मात्र नभएर नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्रलाई अझ उच्चस्तरीय सेवा प्रदान गर्न थप प्रोत्साहित गरेको छ’ बैंकका अध्यक्ष ढकालले भने ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक पनि हो । यधपी  ग्लोबल आइएमई  बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १०:३०