९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

केही प्रमुख जिल्ला अधिकारीसहित २७ सहसचिव–उपसचिवको सरुवा (विवरणसहित)

९ कात्तिक, कठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाको प्रमुख जिल्ला अधिकारीसहित २७ सहसचिव–उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले कात्तिक ७ र ८ गतेको निर्णयमा २७ जनाको सरूवा गरेको जनाएको छ । अवधि नपुगेका कर्मचारीहरू पनि सरूवा भएको छ ।

सूची अनुसार सहसचिव बासुदेव घिमिरे रूपन्देहीको प्रमुख जिल्ला अधिकारीमा सरूवा हुनुभएको छ । त्यस्तै पर्साको प्रमुख जिल्ला अधिकारीमा गणेश अर्याल सरूवा हुनुभएको छ । सरूवा हुनुभएका सहसचिव र उपसचिवको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार १७:१५