१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

नेसनल लघुवित्तको लाभांश घोषणा, बोनस र सेयर कति?

९ कार्तिक, काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को नाफाबाट नेसनल लघुवित्तले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो।

कम्पनीको चुक्तापुँजी हालसम्म एक अर्ब १६ करोड ५५ लाख २१ हजार रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : October 25, 2024 at 12:43 pm