८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

विद्युत प्राधिकरणले काट्यो १० उद्योगको लाइन (काटिने ४९ उद्योगको नामसहित)

८ कात्तिक, काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरण आक्रामक बनेको छ । यसअघि पत्रिकामा सूचना नै निकालेर चेतावनी दिएको प्राधिकरणले बिहीबार रातिबाट उद्योगहरूमा लाइन काट्न थालेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार मात्र उर्जामन्त्रीलाई भेटेर लाइन काट्नेबारेमा जानकारी दिनुभएको थियो । उद्योगीहरूले राजनीतिक पहुँच प्रयोग गरेर विद्युतको पैसा तिर्न नखोजेपछि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी निर्देशक घिसिङको वाक युद्ध नै चलेको थियो ।

विद्युत प्राधिकरण स्रोतका अनुसार बिहीबार पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टसहित १० वटा उद्योगको लाइन काटिएको छ । प्राधिकरणका अनुसार लाइन काटिएकामा बाबा जुट मिल, भलवारी स्वचालित चामल उद्योग, घोराही सिमेन्ट, कसमस सिमेन्ट, बाबा जुट मिल, सोनापुर सिमेन्ट, एसआर फुड्स, घराना फुड्स, गोयन्का फुड्स र श्याम प्लास्टिकल उद्योग रहेका छन । प्राधिकरणले अब विजुली काट्ने ४९ उद्योगको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार २२:५०