रवि लामिछानेको नाममा सडकमा भैरहेको तमासाका बारेमा दुर्गा प्रसाईं बोले
८ कात्तिक, काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान संयोजक दुर्गा प्रसाईंले अपराध मुद्दामा रवि लामिछाने पक्राउ पर्दा सो पार्टीका सांसद र नेता सबै सडकमा लम्पसार परेको कत्ति पनि नसुहाएको बताउनुभएको छ । बिहीबार आफ्नो भेरिफाइड फेसबुक पेज मार्फत प्रसाईंले रविको नाममा सडकमा देखिएको तमासा ठीक नभएको बताउनुभएको हो ।
उहाँले फेसबुकमा यस्तो लेख्नुभएको छ,
समर्थकहरु सडकमा हुनु ठिकै हो
सांसद त जनताको प्रतिनिधी हुनुपर्ने हो, होईन र ?
कि पार्टि सभापतीको पिछलग्गु ? पार्टि सभापती संगठित अपराध र सहकारी रकम अपचलन मुद्दामा हिरासतमा हुँदा भएभरका सांसद आन्दोलनमा होमिनु ठिक होला र ? यस्तो त खराब भनिएका पुराना पार्टिमा पनि थिएन । सभापती अदालतको आदेस बमोजिम हिरासतमा, पार्टिको भएभरको शक्ती त्यसैको बिरोधमा सडकमा, के आजको नेपालको समस्या रबि जी हिरासतमा रहनु मात्र हो, अरु सबै जनताका मुद्दा समाधान भैसकेका हुन र ? समर्थकहरु सडकमा हुनु ठिकै होला, तर सबै सांसद, पार्टि पदाधिकारी सडकमा लम्पसार त अलि सुहाएन कि ? यसरी त सम्मानित अदालत प्रतिको बिष्वास स्वाहा हुने मात्र होईन, सहकारी पिडितले न्याय पाउने भन्ने कुरा पनि आकाशको फल आँखातरी मर मात्रै हुन्छ ।
प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १४:३३