२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

लगातार सात दिनको ऐतिहासिक रेकर्डपछि घट्यो सुनको भाउ

८ कार्तिक, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा लगातार सात दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य यस दिन सामान्य घटेको छ । गत साताको बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य यस दिन सामान्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलामा सात सय रूपैयाँले घटेर प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेर प्रतितोला दुई हजार ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : October 24, 2024 at 11:15 am