७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

हिमालयन बैंकको नाफा ३१ प्रतिशतले घट्यो, निष्क्रिय कर्जा ४.९ प्रतिशत

७ कात्तिक, काठमाडौं । हिमालयन बैंकको नाफामा ३१ प्रतिशतले घटेको छ । उक्त बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७२ करोड ६४ लाख रुपैयाँ छ । यसअघि भने हिमालयन बैंकको नाफा १ अर्ब ५ करोड थियो ।

खुद ब्याज आम्दानी, फी तथा कमिसन आम्दानी घट्दा नाफामा असर परेको छ भने बैंकको निष्क्रिय कर्जा पनि बढेको छ ।

गत आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको यस्तो कर्जा कुल कर्जामा ४.६७ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ४.९८ प्रतिशत पुगेको छ । आधार दर पनि १०.८६ बाट घटेर ८.३५ प्रतिशतमा झरेको छ ।

यधपी, सीडी रेसियो ८४ बाट ७४ प्रतिशतमा झरेको छ भने यस बैंकको वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४२ पैसा छ ।

त्यसैगरी, प्रतिसेयर नेटवर्थ भने ९ रुपैयाँले बढेर १७९ रुपैयाँ ६८ पैसा छ । मंगलबार बजार बन्द हुँदा प्रतिसेयर मूल्य २७३ रुपैयाँ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १०:०८