६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

भिस्तारा एयरलाइन्सको विमानमा बमको हल्ला, त्रिभुवन विमानस्थलको सबै उडान बन्द

६ कात्तिक, काठमाडाैँ । त्रिभुवन विमानस्थलमा तनाव उत्पन्न भएको छ । दिल्लीबाट काठमाडाैँको त्रिभुवन विमानस्थलमा अवतरण गरेको टाटा र सिंगापुर एयरलाइन्सको ज्वन्टभेन्चरको भिस्तारा एयरलाइन्सको विमानमा बमको हल्लाले त्रिभुवन विमानस्थलमा तनाब उत्पन्न भएको हो ।

अहिले विमानस्थलमा उडान र अवतरणका सबै काम बन्द गरिएको छ । प्रहरीले विमानलाइ छुट्टै राखेर खोजतलास गरिरहेको नेपाल नागरिक उड्यन प्राधिकरण स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १७:१५