५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

सुनको मूल्य हालसम्मकै धेरै, कतिमा हुँदैछ कारोबार ?

५ कात्तिक, काठमाडौँ । आज पनि सुनको मूल्य बढेको छ । आइतबार ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।

त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १०:५६