२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै १ लाख ६४ हजार नाघ्यो

२ कात्तिक, काठमाडाैँ । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको हाे ।

योसँगै सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि बिहिबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १०:३७