२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

पहिलो टी-२० मा नेपालले अमेरिकालाई हरायो

२ असोज, काठमाडौँ । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले एक सय ६४ रनको योगफल बनाएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको हो । यो सँगै अमेरिकाले जितका लागि एक सय ६५ रनको चुनौती पाएको छ ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए । अमेरिका अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १०:२२