३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर, कुन बैंकले कति घटाए?

३० असोज, काठमाडौं । कात्तिकका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेको छ । कात्तिकका लागि २० वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर औसत ०.२१ प्रतिशतले घटेको छ ।

असोज महिनामा यी बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ ।

सार्वजनिक सूचना अनुसार कात्तिकमा सानिमा बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा बढाएको छ भने १० बैंकले ब्याजदर घटाएका छन् ।

त्यस्तै, यस्तो ब्याजदर ९ वटा बैंकले स्थिर राखेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउने बैंकहरूमा सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, एनआईसी एसिया र हिमालयन बैंक रहेका छन् ।

त्यसैगरी, स्थिर राख्नेमा नेपाल, इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, ग्लोबल आईएमई, कुमारी, एसबीआई, एभरेस्ट, एनएमबी र प्रभु रहेका छन् ।

व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ र न्यूनतम ब्याजदर जम्मा ५.७५ प्रतिशत कायम भएको र लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने बैंकले जनाएको छ।

बैंक असोज महिानाका लागि ब्याजदर (प्रतिशतमा)  कात्तिक महिनाका लागि ब्याजदर (प्रतिशतमा)
एनएमबी ६.५ ६.५
एनआइसी एसिया ७.१८  ६.९९
सिटिजन्स बैंक ६.१५
हिमालयन बैंक ६.२५
माछापुच्छ्रे बैंक ६.५ ६.५
नबिल बैंक ६.७५ ६.२५
सिद्धार्थ बैंक ६.५
प्राइम कमर्सियल ७.२५  ६
सानिमा बैंक ५.९ ६.१५
कुमारी बैंक ६.०१ ६.०१
प्रभु बैंक ६.१ ६.१
लक्ष्मी सनराइज बैंक ६.५
ग्लोबल आइएमई बैंक ६.२५ ६.२५
स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.५
एभरेष्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक ६.५ ६.५
नेपाल बैंक ५.९५ ५.९५
राष्ट्रिय वाणिज्य बैंक ५.८
नेपाल एसबिआई बैंक
कृषि विकास बैंक ६.०७ ५.७५६
औसत ६.४ ६.१४

 

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार ११:०७