६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

महालक्ष्मीको सिफारिसमा ग्लोबल आइएमईबाट गैर कोषमा आधारित बैंकिङ सुविधा

२९ असोज, काठमाडौँ । महालक्ष्मी विकास बैंक र ग्लोबल आइएमई बैंकबीच गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सुविधाका लागि यस सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता बमोजिम महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग जस्ता सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : October 15, 2024 at 4:53 pm