२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जुवा खेल्न जंगल पसेका पाँच जुवाडे प्रहरी हिरासतमा

२३ असोज, काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौर शान्ती कर्मकोट सामुदायिक वनस्थित जंगलभित्र जुवातास खेलिरहेको अवस्थामा घोराही उपमहानगरपालिका १२ बस्ने ३३ वर्षीय जिवराज रावत समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार १ सय १० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका९५ लव्ली चोक बस्ने ४२ वर्षीय मैते डगौरा थारूको सौरभ एण्ड सौगात नास्ता पसलमा जुवातास खेलिरहेको मैते डगौरा समेत १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ६५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १७:५७