२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

३७ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ९ करोडको कारोबार

२१ असोज, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९० को विन्दुमा पुगेको छ । आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सको २६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै  एनआरएनको २४ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी हिमालयन रिइन्स्योरेन्सको २३ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टारका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । यस्तै दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ६८ प्रतिशतका दरले कमाएका छन् । यसैगरी एनआइसी एशिया फ्लेक्सी क्याप फन्डका इकाईधनीले ८ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् भने यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १५:२६