२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाएरै छाड्छौँ: नेता कोइराला

२१ असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित सङ्घका नेताहरूसँगको भेटमा उहाँले कांग्रेसले एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने बताउनुभएको हो ।

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न नेता एवम् कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो  ।

कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५ औँ महाधिवेशन पर्खनुपर्ने बताउनुभयो ।  ‘१५ औँ महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ । इमानदार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औँ महाधिवेशनपछि स्थापित गरिछाड्छौ । र दसैँ तिहारको रमाइलोमा मात्रै होइन जनताको सुख दुःखमा पनि पुग्नुस्, दसैँको शुभकामना,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १२:१५