१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

दसैँ‌‌ लागेपछि काठमाडौंमा कुन तरकारीको भाउ ह्वात्तै बढ्यो, कुनको घट्यो र कुनको स्थिर?

१९ असोज, काठमाडौँ । दसैँ लागेपछि काठमाडौंमा तरकारीको भाउ कुनैको ह्वात्तै बढेका र कुनै ह्वात्तै घटेको छ।

घटस्थापनाको अघिल्लो दिन र शनिबारबीचको तीन दिनको अवधिमा कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको भाउ ह्वात्तै घटबढ भएका हुन्।

ह्वात्तै भाउ बढेका तरकारीहरू

घटस्थापनाको अघिल्लो दिन भारतीय ठूलो गोलभेँडाको भाउ औसतमा १२० रूपैयाँ प्रतिकिलो थियो। शनिबारको औसत मूल्य १५० रूपैयाँ प्रतिकिलो पुगेको छ भने भन्टा लाम्चोको भाउ त्यतिबेला औसत ५५ रूपैयाँ प्रतिकिलो रहेकोमा शनिबार ७५ रूपैयाँ पुगेको छ।

त्यस्तै, करेलाको भाउ घटस्थापनाको अघिल्लो दिन ९५ रूपैयाँ प्रतिकिलो रहेकामा शनिबार २५ रूपैयाँ बढेर १२० रूपैयाँ पुगेको छ भने घिरौलाको भाउ पनि तीन दिनमा २५ रूपैयाँले र शनिबार घिरौँलाको भाउ १२० रूपैयाँ प्रतिकिलो पुगेको छ।

रायो साग किलोमै ५० रूपैयाँले बढेर शनिबार १४० रूपैयाँ प्रतिकिलो पुगेको छ भने  तोरीको सागको भाउ भने १० रूपैयाँले घटेर ६० रूपैयाँ प्रतिकिलो पुगेको छ।

त्यस्तै कन्य च्याउको भाउ ४७ रूपैयाँले बढेर शनिबार यसको मूल्य २४० रूपैयाँ औसत मूल्य छ भने डल्ले च्याउको भाउ भने किलोमै १०० रूपैयाँ बढेर ४५० रूपैयाँ प्रतिकिलो गुगेको छ।

पालुगोको भाउ १५ रूपैयाँ बढेर १२० रूपैयाँ प्रतिकिलो छ भने मुडेको रातो आलु ९ रूपैयाँ र गाजरको २० रूपैयाँ बढेको छ।

अब ह्वात्तै भाउ घटेका तरकारीहरू

घटस्थापनादेखि शनिबारसम्म ह्वात्तै भाउ घटेका तरकारीहरू  लौका, बोडी, कुरीलो हुन् भने भिण्डी, काउली, खुर्सानी लगायतका तरकारीहरूको भाउ भने पनि सामान्य घटेको छ।

भिण्डीको शनिबार ९५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। लौकाको भाउ ३० रूपैयाँ घटेर शनिबार ६५ रूपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। शनिबार तने बोडीको भाउ ९५ रूपैयाँ र मकै बोडी ८५ रूपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

घिउ सिमी ९५ रूपैयाँ प्रतिकिलोमा कारोबार भइरहको छ भने कुरीलोको भाउ असोज १६ गते ६५० रूपैयाँ थियो। तर शनिबार ७४ रूपैयाँले घटेर ५७६ रूपैयाँ कायम भएको छ।

त्यस्तै काउली ५ रूपैयाँ, रातो मूला १० रूपैयाँ, गाजरमा २० रूपैयाँ, बन्दा १० रूपैयाँ, टाटे सिमी १० रूपैयाँ, परवर १५ रूपैयाँ, चिचिण्डा १० रूपैयाँ, बरेला १० रूपैयाँ, स्कुस १० रूपैयाँले घटेको छ भने आलु, निउरो, प्याजको भाउ स्थिर रहेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ।

प्रकाशित मिति : October 5, 2024 at 11:39 am