१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

सिद्धार्थ बैंकले ल्यायो ‘दसैं २एक्स रिवार्ड अफर’

१८ असो, काकठमाडौँ । नेपालीहरूको महान् चाड विजया दशमीको उपलक्ष्यमा सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको लागि विशेष योजना अन्तर्गत ‘दसैं २ एक्स रिवार्ड अफर’ ल्याएको छ । उक्त अफर असोज ११ गतेदेखि ३० गतेसम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन्।

बैंकले सञ्चालनमा ल्याएको अफर अन्तर्गत ग्राहकहरूले उक्त बैंकको कार्ड प्रयोग गरी गरिएको खरिद मोबाइल र बैंकिङबाट गरिएको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यसरी आर्जन भएको पोइन्टसलाई पसल, उपहार कार्ड, हवाइ टिकट, होटल, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ।

ग्राहकहरूको विश्वासलाई यस योजना मार्फत अझै मजबुत बनाइ डिजिटल बैंकिङ कारोबारलाई उत्कृष्ट बनाउने विश्वास बैंकले लिएको छ।

प्रकाशित मिति : October 4, 2024 at 4:26 pm