१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सांसद शाहीले गरे बालेनको आलोचना- ‘बाढीमा खै उद्धार गरेको, कहाँ गए नगर प्रहरी’

१८ असोज, काठमाडौँ । नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बाढीपहिरोका बेला काठमाडौँ महानगरपलीकाका प्रमुख बालेन शाहले नगर प्रहरी परिचालन नगरेको भन्दै आलोचना गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बाढी गएका बेला प्रधानमन्त्री अमेरिका बस्यो भनेर हौवा फैलाएको बताउँदै उताबाट आउनै ३ दिन लाग्ने कुरा किन नबुझेको भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो-‘सडकमा व्यापार गरेर खानेहरूलाई लखेट्ने बालेनका नगर प्रहरी बाढीमा कहाँ गए ? सस्तो लोकप्रियताले केही हुँदैन । र मौसमविद्ले भने पनि नभने पनि बर्सादका बेला र हिउँदका बेला पूर्वतयारी हुनुपर्ने हो ।’

उहाँले हाइवे खोलाको किनारबाट बाटो बनाएका कारण पनि बढी क्षति भएको बताउनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १५:४६