१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

नेपाल मणिपाल शिक्षण अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई विशेष छुटको सुविधा

१८ असोज, काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने ग्लोबल आइएमई बैंक लिमिटेड र उक्त अस्पतालबिच सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम अस्पतालले बैंकका डेबिटरक्रेडिट कार्ड तथा बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई न्यूनतम् १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । छुट सुविधाका लागि सेवाग्राहीले बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाईल बैंकिङ्गको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार ११:०८